बुधबार, असार ३१, २०८३

प्रदेश ७ को प्रदेश सभामा पनि कांग्रेसको अवरोध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रबार बसेको प्रदेश नम्बर ७ प्रदेश सभा बैठक अवरुद्ध गरेको छ।
 
बैठक शुरु हुने बित्तिकै नेपाली काँग्रेसका सांसदहरु आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए। संघीय संसद र सातवटै प्रदेश सभा बैठक अवरोध गर्ने निर्णय बमोजिम आज प्रदेश सातको बैठक अवरोध गरेको हो। यसअघि आजै प्रदेश नम्बर तीनको प्रदेश सभा बैठक पनि अवरुद्ध गरेपछि बैठक नै सूचना टाँस गरी अनिश्ततकालका लागि स्थगित गरेको छ। 

प्रदेश ७ का सभामुख अर्जुन बहादुर थापाले पटक-पटक प्रतिपक्षका सांसदलाई आफ्नो सिटमा बस्न आग्रह गरेपनि नमानेपछी आगामी ७ गते सोमबार दिउसो ३ बजे सम्मका लागि बैठक स्थगित गरेको जानकारी गराए।

काँग्रेसले प्रदेश नम्बर ७ मा बैठक अवरुद्ध गरेको यो दोस्रो पटक हो। यस अघि प्रदेश सरकारले आर्थिक बर्ष २०७५-०७६ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै असारको दोस्रो साता पनि काँग्रेसले बैठक अबरुद्ध गरेको थियो। 

आजको बैठकमा सुन्य समयमा समसामयिक बिषयमा सांसदहरुले धारण राख्ने र गाउँ सभा र नगर सभाको कार्य संचालन गर्न  बनेको बिधयक २०७५ माथि दफावार छलफलको कार्य समाप्त भए पश्चात तयार पारिएको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यसुची रहेको थियो।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरत बहादुर खडकाले राज्यले विधिको शासनको उपहास गरेकाले संसद बैठक अबरोध गरेको बताए। उनले आतंककारीको शैलीमा सरकारले डाक्टर गोबिन्द केसीलाई जुम्लाबाट अपहरण गरी काठमाडौं पुर्‍याएको, राज्यका हरेक निकायमा हस्तक्षेप गरिएकोले संसद बैठक अबरुद्ध गरेको बताए।

प्रदेश नंम्बर ७ नेपाली काँग्रेसले संसदिय दलको कार्यालयले शुक्रबार नै एक बिज्ञप्ती प्रकाशित गरि बिभिन्न ५ बुँदामा आफ्नो बिरोध जनाएको छ। संसदिय दलका उपनेता देवराज पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा डाक्टर केसीप्रति राज्यले गरेको ब्यवहार देखि  महंगी, भ्रष्टाचार, अशान्ति, हत्या बलात्कार जस्ता घट्ना बढेको भन्दै सरकारको कार्यशैली प्रति भत्र्सना गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।