शुक्रबार, कात्तिक ६, २०८३

सत्यमोहन जोशीको जीवनीमा आधारित पुस्तक 'सत्यमोहन' आउँदै

मंगलबारदेखि अस्वस्थ भई ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थलाभको कामनासहित 'बुकहिक पब्लिकेसन'ले पुस्तक प्रकाशनमा ल्याउने भएको हो।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित पुस्तक 'सत्यमोहन' प्रकाशन हुने भएको छ। 

मंगलबारदेखि अस्वस्थ भई ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थलाभको कामनासहित 'बुकहिक पब्लिकेसन'ले पुस्तक प्रकाशनमा ल्याउने भएको हो। बुधबार बुकहिलले बुधबार पुस्तकको कभर सार्वजनिक गर्दै फागुन महिनाभित्रमै प्रकाशन हुने जनाएको हो। 

पत्रकार गिरीश गिरीद्वारा लिखित पुस्तक 'सत्यमोहन'मा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले अनुभव गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ। करिब एक दशकको सान्निध्य र कुराकानीबाट गिरीश गिरीले पुस्तक तयार पारेका हुन्। 

अस्पताल पुगेर पुस्तकको 'प्रकाशन प्रति' जोशीलाई हस्तान्तरण गरेपछि लेखक गिरी भन्छन्, 'पुस्तक देखेपछि उहाँले त्यसलाई ढोग्नुभयो, करिब आधा घण्टा पढ्नुभयो। त्यसपछि उहाँको मुहारमा यस्तो चमक आयो कि मानौं उहाँ बिरामी हुनुहुन्न।'

जीवनभर नेपाली लोकसंस्कृति, साहित्य, पुरातत्त्व र समाज निर्माणमा लागिपरेका जोशीबारे लेखक गिरीश गिरी भन्छन्, 'आफ्ना अनुभवहरू उभ्याउँदै मुलुकको लामो कालखण्ड बयान गर्न सक्ने जोशी अब त्यो पुस्ताको एक्लो कथावाचक हुन्। तिनै कथाहरू यो संस्मरणमा छन्।'

तीनपटक मदन पुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो नागरिक पनि हुन्। चर्चित फोटोग्राफर कुमार आलेले खिचेको अप्रकाशित फोटोलाई पुस्तकको आवरणमा राखिएको छ। 

प्रकाशित: Feb 09, 2022| 16:00 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।