शनिबार, असार ६, २०८३

एमसीसीको विरोधमा संयुक्त प्रदर्शन [तस्बिरहरू]

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन्।
 |  बुधबार, माघ २६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, माघ २६, २०७८

काठमाडौं– अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन्।

National life

एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले सम्झौता खारेजीको माग गरेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका हुन्। र्‍याली नयाँ बानेश्वरस्थित संसद् भवन नजिक पुगेर कोणसभामा परिणत भएको थियो।

यसअघि उनीहरूले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए। प्रदर्शन गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन्।

यस्तै, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि विरोधमा सामेल थिए।


Shivam cement






प्रकाशित: Feb 09, 2022| 14:26 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।