शनिबार, मंसिर १३, २०८२

पोखराको मेयरमा गनेस पौडेलको उम्मेदवारी घोषणा

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं– सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यसै क्रममा लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। 

National life

पौडेलले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन्। ‘‘आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, आउनुस् केही गरौं। अति भो अटेर गरौं,’ उनले फेसबुक र ट्विटरमा भनेका छन्, ‘जित वा हारभन्दा पर पनि एउटा लडाइँ हुन्छ। दशकौंको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ, म त्यो लडाइँमा जाँदैछु। यसपटक अटेर गर्दैछु।’ 

पौडेलको उपन्यास पैताला नामक उपन्यास प्रकाशित छ। पौडेल कुनै समय बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिए।  

प्रकाशित: Feb 09, 2022| 14:18 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।