शुक्रबार, मंसिर १२, २०८२

वालिङमा पिरामिड कुटी अनावरण र स्रष्टा सम्मान

कान्छा पण्डित बालकुमारी अक्षर पुरस्कार सांस्कृतिक शोध गुठीद्वारा निर्मित कुटीको वालिङ नगरपालिका– ८ भीमटारीमा अनावरण गरिएको हो।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

स्याङ्जा– स्याङ्जाको वालिङमा पिरामिड कुटी अनावरण गरिएको छ। कान्छा पण्डित बालकुमारी अक्षर पुरस्कार सांस्कृतिक शोध गुठीद्वारा निर्मित कुटीको वालिङ नगरपालिका– ८ भीमटारीमा अनावरण गरिएको हो। कार्यक्रममा स्रष्टा र पत्रकारलाई सम्मान गरिएको थियो। 

National life

गुरुकुल शिक्षा तथा संस्कृत अध्ययनका साथै संस्कार र संस्कृतिमा विशेष दख्खल राख्ने कान्छा पण्डितका नामले परिचित स्वर्गीय पिता डिल्लीप्रसाद र माता बालकुमारी अर्यालका नाममा सहप्राध्यापक डा. अच्युतशरण अर्याल र शेषराज अर्यालले गुठीको स्थापना गरेका हुन्।

कुटी अनावरण गर्दै वरिष्ठ बाल साहित्यकार देविप्रसाद वनवासीले देशमा ज्ञानको क्षेत्रमा परिवर्तन हुन नसकेको बताए। उनले भने, ‘ज्ञानको विकासले भौतिक विकासलाई अझ उन्नतशील बनाउने कुरामा ध्यान पुगेको छैन।’ 

२०७३ सालमा स्थापित गुठीका बारेमा जानकारी गराउँदै अध्यक्ष अच्युतशरण अर्यालले मानिस स्वस्थ रहन ध्यान, ज्ञान र संस्कारको आवश्यक पर्ने बताए। उनले अग्रजहरुले प्रयोग गर्ने कुटी वास्तवमै ध्यान र ज्ञानको केन्द्र भएकाले आप्mना मातापिताका नाममा पिरामिड कुटीको स्थापना गरेको जानकारी गराए। 

कार्यक्रममा प्राध्यापक मुकुन्दशरण उपाध्यायद्वारा लिखित र नेपाली भाषामा दीनदयाल रेग्मीद्वारा अनूदित शरणागति शतकम्, सिर्जन र शोध पत्रिका ‘अक्षर’ र सरस्वती पूजा विधि गरी तीनवटा पुस्तकको विमोचन गरिएको थियो।

Laxmi sunrise bank
kumari

गुठीले वरिष्ठ साहित्यकार वनवासीलाई अभिनन्दनसहित यस वर्षको बाल साहित्य पुरस्कार प्रदान गरेको छ। यसैगरी बालसाहित्य पत्रकार दीनदयाल रेग्मीलाई बाल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: Feb 09, 2022| 13:19 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।