बुधबार, असार ३१, २०८३

गोविन्द केसीलाई कसैले उचालेको छैन : देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । 

डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्न त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगेका देउवाले चिकित्सा शिक्षाको सुधारका लागि डाक्टर केसीले राखेका माग जायज भएको र ति मागको सरकारले सम्बोधन गर्नुपर्ने बताए । 

डाक्टर केसीको स्वास्थ्य अवस्था जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘डाक्टर केसी कसैको उक्सावटमा अनसन बस्नुभएको होइन । उहाँको जीवन रक्षा गर्नु अहिलेको सरकारको प्रमुख कर्तव्य हो । उहाँका जायज माग पूरा गर्नुपर्छ ।’

२० दिनसम्म जुम्लामा अनसन बसेका डाक्टर केसीको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै सरकारले बिहीबार काठमाडौं ल्याएको छ । काठमाडौं आएपछि पनि डाक्टर केसीले माथेमा आयोगले ल्याएको प्रतिवेदन अनुसारको चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने भन्दै अनुसनमा छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।