बिहीबार, असार ११, २०८३

२० वर्षदेखि निरन्तर ठगी

पोखरेल २०५७ सालमा पहिलोपटक पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय बुटवलले उनलाई त्रास देखाएको आरोप लगाएको थियो। त्यसबेला उनलाई कारबाही भएको थियो।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं- ५० वर्षीय ईश्वरीप्रसाद पोखरेललाई पक्राउ पर्नु, दोषी प्रमाणित हुनु र सजाय कटाउनु नौलो होइन। विभिन्न ठगी मुद्दामा परेर दोषी प्रमाणित भएपनि ठगीका शृंखला मच्चाउन अभ्यस्त उनले आफ्नो आधा उमेर ठगीमै बिताएका छन्।

National life

उनै ईश्वरी सोमबार पुनः पक्राउ परे। प्युठान तोरवाङ गाउँपालिका-६ भई हाल झिमरुक गाउँपलिका-६ बस्दै आए उनी कपिलवस्तुबाट पक्राउ परेका हुन्। 

ठगी गरेर जीवनशैली उकासेका उनी कारमा यात्रा गरिरहेका बेला पक्राउ परेका हुन्। कपिलवस्तु प्रहरीले सोमबार शिवराज नगरपालिका-५ बाट उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नुअघिसम्म बागमती प्रदेश ०१-०२६ च ४००१ नम्बर भएको कारमा थिए। कारमा चढेर वडा प्रहरी कार्यालय चन्द्रौटाको चेक प्वाइन्टमा पुगेका उनी त्यहीँ पक्राउ परेका हुन्। 

पोखरेल विभिन्न स्थानमा पुगेर चेकमार्फत् भुक्तानी गरिदिने भनेर ठगी गर्ने गर्थे। गत असार १८ गते पनि उनले यस्तै गरेका थिए। कपिलवस्तु नगरपालिका-१ मालटोलस्थित केजिएन मार्टमा पुगेर ५० हजार रुपैयाँ बराबरका सामग्री किनेका थिए। उक्त रकम उनले भुक्तानी गरेनन्। बरु चेक थमाइदिए। 

कपिलवस्तु विजयनगर गाउँपालिका-४ मा आफ्नो फार्म रहेको झुटो विवरण उनले बताएका थिए। उनको गलत विवरणमा मार्टका कर्मचारी विश्वस्त भए। उनले दिएको चेक साट्न जाँदा खातामा रकम नभएको पाइएपछि मार्ट सञ्चालकले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिए। 

Shivam cement

उनले विभिन्न ५ स्थानमा फार्म खोलेको झुटो विवरण दिने गरेका थिए। भेडीगोठ बाख्रा फार्म प्रालि मकवानपुर, कामधेनु गाई फार्म चितवन, प्रिसा पशुपन्छी तथा कृषि फार्म प्युठान, प्रिन्स कन्स्ट्रक्सन प्रालि काठमाडौं र गौमुखी फिड इन्डस्ट्रिज प्रालि कपिलवस्तुका प्रोप्राइटर भएको बताउँदै  ठगी गर्दै आएको खुलेको छ। कपिलवस्तु प्रहरीका अनुसार यी कुनै पनि फर्म सञ्चालनमा छैनन्। 

पोखरेलले २० वर्षयता ठग्दै हिँडेको प्रहरीको भनाइ छ। यो अवधिमा उनले करोडौं रकम ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ। 

यस्तो छ ठगी यात्रा

पोखरेल २०५७ सालमा पहिलोपटक पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय बुटवलले उनलाई त्रास देखाएको आरोप लगाएको थियो। त्यसबेला उनलाई कारबाही भएको थियो। 

ठगी गर्नका लागि उनले आफू माओवादी नेता जनार्दन शर्मा भएको समेत बताएका थिए। रुपन्देही प्रहरीले उनलाई २०६९ पुस १६ गते उनलाई तत्कालीन साइन डेभलेपमेन्ट बैङ्क लेखा प्रमुख भुवन पन्थलाई माओवादी नेता जनार्दन शर्मा प्रभाकर हुँ भन्दै ठगी गरेका थिए। उनले उक्त मुद्दामा ७ लाख ठगी गरेका थिए। यही मुद्दामा पछि उनी जेल चलान भएको प्रहरीले बताएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंले २०७३ पनि उनलाई पक्राउ गर्‍यो। राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भनी १ लाख ५० हजार ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए। 

यस्तै, गत पुस ७ गते बैंक खातामा हुँदै नभएको पचास लाख रुपैयाँको चेक काटेर अर्का व्यक्तिलाई पोखरेलले ठगेका थिए। उनीविरूद्ध बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ। ठगी गरेर पोखरेल बेपत्ता भएका उजुरीहरू प्रहरीमा थुप्रै छन्।

सबै ठगीका उजुरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Feb 08, 2022| 19:15 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।