काठमाडौं– गत पुस ३० गते प्रदर्शन सुरु भएलगत्तै कोरोना महामारीका कारण रोकिएको फिल्म ‘चपली हाइट ३’ फेरि प्रदर्शनमा आउने भएको छ। आगामी फागुन १ गतेदेखि ‘चपली हाइट ३’ फेरि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।
कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले गत माघ ३ गतेबाट सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि यो चलचित्रको प्रदर्शन स्थगित भएको थियो।
कोरोना महामारीका कारण जारी भएको स्मार्ट लकडाउन आगामी फागुन १ गतेदेखि खुकुलो हुँदै फिल्म हल पनि खुल्ने भएकाले फिल्म प्रदर्शनमा आउन लागेको हो।