काठमाडौं– वाङमय शताब्दी पुरूष सत्यमोहन जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको छ। शरीरमा अक्सिजन कमी भएकाले उनलाई सोमबार अस्पताल भर्ना गरिएको हो।
आजदेखि उनको स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल बालमानसिंह कार्कीले जानकारी दिएका छन्। १०२ वर्षीय जोशीको सेवामा खटिएकी देवकी श्रेष्ठका अनुसार चिकित्सकले जोशीलाई एक हप्ता अस्पतालमै रहेर उपचार गर्नुपर्ने सल्लाह दिएका छन्।