मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • स्थानीय चुनावका लागि जनमत पार्टीका अध्यक्ष राउतले मागे उम्मेदवारको नाम

स्थानीय चुनावका लागि जनमत पार्टीका अध्यक्ष राउतले मागे उम्मेदवारको नाम

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटेका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

जनकपुरधाम– सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटेका छन्। सीके राउत नेतृत्वको जनमत पार्टीले पनि निर्वाचनका लागि तयारी थालेको छ। 

National life

पार्टी अध्यक्ष राउतले उम्मेदवार सिफारिस–स्वघोषणा पठाउन परिपत्रमार्फत अनुरोध गरेका छन्। अध्यक्ष राउतले मंगलबार मातहतका कमिटीहरूलाई एक परिपत्र गर्दै यस्तो आग्रह गरेका हुन्। 

‘याद रहोस्, यो केवल सिफारिस हुनेछ, अन्तिम निर्णय होइन,’ उनले भनेका छन्, ‘अन्तिम निर्णय केन्द्रीय कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसलाई मूल्याङ्कन गरेर गर्नेछ।’ 

जनमतले जिल्ला कार्यकारिणी समितिहरुले आगामी फागुन ५ गतेसम्ममा उम्मेदवारहरूको नाम सिफारिस गरिसक्न भनेको छ भने वडा–पालिका कार्यकारिणी समितिहरुले फागुन १५ गतेसम्म सिफारिस पठाउन सक्ने परिपत्रमा उल्लेख छ।

त्यस्तै, कभरेज–मजबुत अभियानका पर्यवेक्षकले सिफारिस पठाउने अन्तिम मिति फागुन ५ गतेका लागि निर्धारण गरिएको छ। 

Shivam cement

विभिन्न समितिहरूको सिफारिसका अलावा उम्मेदवारहरूले आफ्नो उम्मेदवारीको स्वघोषणा समेत गरेर सोही फारममा पठाउन सक्ने परिपत्रमा उल्लेख छ।

प्रकाशित: Feb 08, 2022| 14:22 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।