ललितपुर– महानगरीय प्रहरी परिसर ललितपुरको मातहतमा रहेका थुनुवा कैदीको स्वास्थ्य परीक्षण स्टार हस्पिटलले गर्ने भएको छ ।
शुक्रबार स्टार हस्पिटल प्रालि ललितपुरका संयोजक सन्देश डिसी र महानगरी प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेशबहादुर ऐरले थुनुवा कैदीको नियमित स्वास्थ्य परीक्षण गराउने विषयको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य सेवा पाउने कैदीबन्दीको नैसर्गिक अधिकारको रक्षाका लागि अस्पताल र प्रहरी परिसरबीच सहकार्य भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४