बुधबार, असार ३१, २०८३

नक्कली सुन देखाई ठग्ने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नक्कली सुन देखाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक धैबुङ्ग ३ घर भई हाल काठमाडौं जोरपाटी बस्ने राज लामा तामाङ, नुवाकोट दुप्चेश्वरी घर भई जोरपार्टी नै बस्ने म्लाङसिङगलामा र सोलुखुम्बु घर भई हाल कपन बस्ने टाँसी लाक्पा शेर्पाछन् । 

पक्राउ परेका मध्ये टाँसी लाक्सा शेर्पाले २०५८ सालमा आफ्नै फुपुको हत्या गरेकाले उनलाई १० वर्ष जेल भुक्तानी गराईने तथा उनी अहिले पनि डकैती तथा चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । त्यस्तै राज लामा विरुद्ध पनि प्रहरी वृत्त बौद्ध र महाराजगञ्जमा मुद्दा चलेको प्रहरीले जनाएको छ । 

उनीहरुले नक्कसी सुन देखाउँदै सर्वसाधारणलाई ठग्ने गरेको पाइएको थियो । पक्राउ परेका टाँसीसँग एक केजी तौलका नक्कली सुनका बिस्कुटलगायतका सामान बनाएर बोकेको फेला पारिएको थियो । त्यस्तै उनीहरुले नक्कली सुनको सिक्री बोकेर हिँड्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरिक्षक मोहनकुमार थापाले जानकारी दिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।