बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमणको अवस्था हेरेर जनजीवन सहज बनाइएको हो : सहायक प्रजिअ अधिकारी

संक्रमणको अवस्था हेरेर जनजीवन सहज बनाइएको हो : सहायक प्रजिअ अधिकारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताएको छ।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताएको छ। 

National life

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताए। उनले केही प्रतिबन्धात्मक व्यवस्थासहित जिल्ला प्रशासन कार्यालयले आइतबार नयाँ आदेश जारी गरेको र सो आदेशमा आगामी फागुन १ गतेबाट शैक्षिक संस्थाहरु सञ्चालन गर्न पाउने र १२ वर्ष भन्दामाथिका विद्यार्थीका हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्यासमेत विचार गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउने गरी सञ्चालन गर्नुपर्ने बताए।

त्यस्तै सबै किसिमका परीक्षाहरु स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी जेट आकारमा सिट व्यवस्थापन गर्ने र आगामी फागुन १ गतेदेखि परीक्षाहरु सञ्चालन गर्न पाउने पनि जानकारी दिए। सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले आगामी फागुन १ गतेबाट दोहोरी, नाचघर, क्लव लगायतका रात्रीकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लव, जिम खाना, स्वीमिङ पुल, फुटसल जस्ता सेवाहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्ने गरी राति १० बजेसम्म सञ्चालन गर्न सक्ने पनि बताए।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रम गर्दा बढीमा १०० जना उपस्थित हुन सक्ने र उपस्थितले खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने बताए। उनले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनको प्रभावकारी कार्यान्वयन अनुगमन पनि गरिने स्पष्ट पारे।

जिल्ला प्रशासनले खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत भन्दा बढी नहुने गरी पूर्ण खोप लगाएका दर्शक उपस्थित हुनसक्ने र सार्वजनिक सेवा लिनेहरुले कोरोनाको पूर्ण मात्रा खोप लगाइसकेको हुनुपर्ने पनि निर्देशनमा उल्लेख गरेको छ। 

Shivam cement

प्रकाशित: Feb 07, 2022| 16:32 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।