शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामान्य प्रशासन मन्त्रालयले गर्‍यो सहसचिवहरूको सरुवा

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो सहसचिवहरूको सरुवा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)हरूको सरुवा गरेको छ। मन्त्र राजेन्द्रप्रसाद श्रेष्ठले आइतबार सहसचिवहरूको सरुवा गर्ने निर्णय गराएका हुन्।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)हरूको सरुवा गरेको छ। मन्त्र राजेन्द्रप्रसाद श्रेष्ठले आइतबार सहसचिवहरूको सरुवा गर्ने निर्णय गराएका हुन्। 

पछिल्लो सरुवा अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रेमराज गिरीलाई युवा तथा खेलकुद मन्त्रालय पठाइएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव वासुदेव रेग्मीलाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 

अर्थ मन्त्रालयका महेश आचार्यलाई मधेशमा पठाइएको छ भने सामान्य प्रशासनका उद्धव रिजाललाई प्रदेश १ मा पठाइएको छ। 

यस्तै नवीनराज सिंह, अनुज भट्टचन, टेक बहादुर केसी, विनोद बहादुर कुँवर, देवेन्द्र लामिछाने र श्रीराम तिवारीको पनि सरुवा भएको छ। 

सिंहलाई जल तथा ऊर्जा आयोगबाट प्रदेश १ को ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भट्टचनलाई स्वास्थ्य तथा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय प्रदेश १ मा पठाइएको छ। यस्तै केसीलाई लोक सेवा आयोगबाट प्रदेश प्रमुखको कार्यालय गण्डकी, कुँवरलाई सामाजिक विकास मन्त्रालय गण्डकीबाट प्रदेश लोक सेवा गण्डकीमा सरुवा गरिएको छ। यसैगरी, लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय गण्डकी र तिवारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा सरुवा गरिएको हो। 

यस्तै रामशरण सापकोटालाई सुदूर पश्चिम, राजेन्द्र पराजुलीलाई मधेशमा, बलराम निरौलालाई बागमती, महेशचन्द्र न्यौपानेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र रामहरि ज्ञवालीलाई सुदूर पश्चिम प्रदेश पठाइएको छ। 

प्रकाशित: Feb 07, 2022| 15:10 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।