बुधबार, कात्तिक ४, २०८३

डम्बरको गीत 'किन यसरी'मा आकाश र अञ्जली [भिडियोसहित]

‘म एक भुटानी कम्युनिटीको अमेरिकामा बस्दै आएको नेपाली हुँ। गीत संगीतमा सानैदेखिको रुचि थियो। यसअघि भुटानका गतिविधी समेटेर ‘नरोईदेउन मेरी आमा’ बोलको गीत रिलीज गरेको थिएँ। साथीहरुबाट नेपाली गीत संगीतमा केहि गर्न सक्छस् भनेर दिएको हिम्मतबाट यो गीत 'किन यसरी'को जन्म भएको हो,’
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- नेप्सिनेको प्रस्तुतीमा नेपाली गीत 'किन यसरी'को भिडियो रिलीज भएको छ। डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत तथा स्वर रहेको यस गीतको भिडियोका निर्देशक विधान कार्की हुन्। भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ।

गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासाहरुलाई समेटिएको छ। गायक खनाल हाल अमेरिका बस्दै आएका छन्। उनले हालसम्म छ वटा गीतमा संगीत भरेका छन्। ती गीतहरु क्रमैसँग रिलीज गर्ने उनले बताए। ‘म एक भुटानी कम्युनिटीको अमेरिकामा बस्दै आएको नेपाली हुँ। गीत संगीतमा सानैदेखिको रुचि थियो। यसअघि भुटानका गतिविधी समेटेर ‘नरोईदेउन मेरी आमा’ बोलको गीत रिलीज गरेको थिएँ। साथीहरुबाट नेपाली गीत संगीतमा केहि गर्न सक्छस् भनेर दिएको हिम्मतबाट यो गीत 'किन यसरी'को जन्म भएको हो,’ खनालले बताए।

यो गीतको दोश्रो भाग पनि छिट्टै आउने बताईएको छ। भिडियोको अन्त्यमा पनि यसबारे जानकारी दिईएको छ। मनिषा पोखरेलले कला निर्देशन गरेको यस भिडियोका छायाँकार हरी हुमागाईँ हुन् भने बिकास दाहालले सम्पादन गरेका छन्। 

प्रकाशित: Feb 07, 2022| 12:21 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।