बिहीबार, असार ११, २०८३

वीरगन्जमा सडक दुर्घटनामा परी आमाछोरीको मृत्यु

पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

वीरगन्ज- पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ। जीराभवानी गाँउपालिका-४ भवानीपुरमा ना४त ८१३६ नम्बरको ट्याक्टरले बा५५प ६५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार आमा छोरीको मृत्यु भएको हो। 

National life

मृत्यु हुनेमा भवानीपुरकी २७ वर्षीया विद्यादेवी थरुनी र उनकी छोरी तीन वर्षीया अनन्या रहेका छन्। छोरी अनन्याको घटनास्थलमै मृत्यु भएको र आमाको वीरगन्जस्थित नेशन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल चालक मृतक विद्यादेवीका पति अनिल महत्तो सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार बेलुकी धार्मिकस्थल भाथाबाट तीर्थालु लिएर फर्कंदै गरेको ट्याक्टरले भवानीपुरमा मोटरसाइकललाई ठक्कर दिएको थियो। 

ट्याक्टर चालक पर्साको जगरनाथपुर गाउँपालिका-२ का ५० वर्षीय सुरेन्द्रराम चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 07, 2022| 11:56 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।