शनिबार, साउन ३०, २०८३

पेट्रोल छर्केर आगो लगाई भाउजूको हत्या

सप्तरीको बोदेबरसाइन नगरपालिका-१ धनगढीमा एक युवकले भाउजूको हत्या गरेका छन्।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

सप्तरी- सप्तरीको बोदेबरसाइन नगरपालिका-१ धनगढीमा एक युवकले भाउजूको हत्या गरेका छन्। पेट्रोल छर्केर आगो लगाई २० वर्षीय परमेश्वर साहले भाउजूको हत्या गरेका हुन्।

सत्ताइस वर्षीया राजकुमारी साहमाथि दुई दिनअघि पेट्रोल छर्केर देवरले आगो लगाएका थिए। आगो लागेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमै रोटी पकाइरहेकी भाउजू राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको पीडित परिवारले आरोप लगाएको छ। राजकुमारीलाई उपचारका लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो।

राजकुमारीका ३० वर्षीय पति रविनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भाउजूमाथि पेट्रोल छर्केर आगो लगाउने देवरको खोजी भइरहेको बताए। 

प्रकाशित: Feb 07, 2022| 09:41 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।