बिहीबार, असार ११, २०८३

इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण

सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८
National life
Shivam cement

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ। सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २१० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ। उक्त समूहले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्ने तयारीसमेत गरेको छ।  कोरोना संक्रमणका कारण विद्यालय प्रशासनलाई पोसाक हस्तान्तरण गरिएको एसएलसी समूह २०४५ का अध्यक्ष लक्ष्मी दाहालले बताइन्। 

प्रधानाध्यापक उमारुद्र बस्नेतले उक्त पोसाक विद्यालय सञ्चालन भएपछि वितरण गरिने बताए। उक्त समूहले पनौती नगरपालिका वडा नं ५ ठाडोबाटोस्थित रियल नेपालमा अध्ययनरत आठ न्यून दृष्टिविहीन विद्यार्थीलाईसमेत ट्रयाकसुट वितरण गरेको आयोजकले जनाएको छ।  रासस

प्रकाशित: Feb 07, 2022| 10:40 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।