शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्द्रागिरि डाँडामा हराएका पाँच जनाको राति १ बजे उद्धार

चन्द्रागिरि डाँडामा हराएका पाँच जनाको राति १ बजे उद्धार

चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जनाको प्रहरीले उद्धार गरेको छ। आइतबार दिउँसो चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जना हराएका थिए।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जनाको प्रहरीले उद्धार गरेको छ। आइतबार दिउँसो चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जना हराएका थिए।

महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनाको खोजिकार्य गरेकोमा आइतबार मध्यराति फेला पारेको जनाएको छ।

काठमाडौं चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने एकै परिवारका पाँच जना आइतबार हिउँ खेल्न चन्द्रागिरी पुगेका थिए। हिउँ खेल्ने क्रममा उनीहरू हराएको प्रहरीले जनाएको छ।

हिउँ खेल्न गएका छोराछोरी हराएपछि राति साढे ८ बजे आफन्तले प्रहरीमा खबर गरेका थिए। वर्ष २३ की रिता गुरुङ, वर्ष १५ का सौभाग्य, वर्ष १३ का सहज, वर्ष ११ की जेनिसा, वर्ष ७ की एरविन हिउँ खेल्न जाँदा हराएका हुन्। 

उनीहरूको खोजीमा प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेय र महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन गुल्म सामाखुसीसमेत गरी ३७ जनाको टोली खोजी कार्यमा जुटेको थियो।

पाँच घण्टाको लामो खोजी पश्चात् उनीहरूलाई चन्द्रागिरी जंगलबाट सोमबार बिहान सवा १ बजे फेला पारेको प्रहरीले जनाएको छ। उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ।

प्रकाशित: Feb 07, 2022| 08:48 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।