बिहीबार, असार ११, २०८३

कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

बुटवलमा कार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८
National life
Shivam cement

तिलोत्तमा- बुटवलमा कार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहानै बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ। पश्चिमदेखि पूर्वतर्फ गइरहेको ना२ख ९७७२ नम्बरको ट्रकसँग लु३च ४४४२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइतेको सनाखत हुन सकेको छैन।

प्रकाशित: Feb 07, 2022| 08:34 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।