बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागलुङको निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु

बागलुङको निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु

संघीय सरकारको देशका सबै पालिकामा १५, १० र पाँच शय्याको पालिका अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल बनाउन लागिएको हो।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

बागलुङ- बागलुङको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ। संघीय सरकारको देशका सबै पालिकामा १५, १० र पाँच शय्याको पालिका अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल बनाउन लागिएको हो। 

National life

सो गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले निसीखोला- ४ झिम्पामा अस्पतालको नयाँ भवन बनाउन सुरु भएको जानकारी दिए। हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाखमा आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी भवन बनाउन ठेक्का सम्झौता गरेको छ। 

भवन निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गर्ने हुने अपेक्षा गाउँपालिकाले लिएको छ। भवन बनाउन गाउँपालिकाले केही समय अगाडि नै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो। अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ। स्थानीयवासीले भवन बनाउन जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो। गत वर्ष शिलान्यास भएको अस्पतालको निर्माण भने बल्ल सुरु भएको छ।

अस्पताल विशेष गरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ। विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु हुन थालेपछि निसीखोलाका  नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए।  रासस

प्रकाशित: Feb 07, 2022| 10:25 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।