बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमबीबीएस र डेन्टल लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

एमबीबीएस र डेन्टल लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

नेपाल मेडिकल काउन्सिलले पुस २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको एमबीबीएस र डेन्टलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले पुस २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको एमबीबीएस र डेन्टलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

National life

काउन्सिलले सार्वजनिक गरेको नतिजामा अनुत्तीर्ण हुनेको संख्या धेरै रहेको काउन्सिलले जनाएको हो। परीक्षामा सहभागी २ हजार १५४ परीक्षार्थी मध्य १ हजार १०६ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

काउन्सिलले प्रकाशन गरेको नतिजामा एमबीबीएसतर्फ १ हजार ७३४ जनाले आवेदन दिएका मध्य परीक्षामा १ हजार ७२२ जना सहभागी भएका थिए। सहभागी विद्यार्थी मध्य ८सय ७१ जना उत्तीर्ण भएका छन् भने ८सय ३१ जना अनुत्तीर्ण भएका छन्। परीक्षामा १२ जना अनुपस्थित रहेको काउन्सिलले जनाएको छ।

यस्तै डेन्टलतर्फ ४३५ जनाले फारम भरेर ४३२ जना परीक्षामा सहभागी भएका थिए। सहभागी मध्यबाट १७७ जना उत्तीर्ण भएका छन् भने २५५ जना अनुत्तीर्ण भएका छन्।


Shivam cement

प्रकाशित: Feb 07, 2022| 07:41 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।