शनिबार, साउन ३०, २०८३

कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रहेको छ।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रहेको छ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण अधिकाशं स्थानमा बादल लागे पनि प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुँदा अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै मंगलबार दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ। 

तर, मंगलबार राति अर्को पश्चिमी वायु नेपाल प्रदेश गर्ने देखिएकाले बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

प्रकाशित: Feb 07, 2022| 07:15 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।