बिहीबार, असार ११, २०८३

उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

सवारीसाधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाइएको छ।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- सवारीसाधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाइएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको हो।

National life

यसअघि सार्वजनिक र प्राइभेट दुवै प्रकारको सवारी संचालनमा जोर-बिजोर लागू गरिएको थियो। तर, केही दिन अघि सीसीएमसीसीले प्राइभेट र भाडाका ट्याक्सीहरूलाई मात्रै जोर-बिजोर लागू गरेको थियो।

माघ ७ गते मध्यरातिदेखि जोरबिजोर लागू भएको थियो। त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाइएको थियो। तर, निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै आइतबार मध्यरातिबाट निर्णय लागू भएको हो।

प्रकाशित: Feb 07, 2022| 07:03 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।