शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकाका लागि सोमबारदेखि प्रशासनको नयाँ आदेश

काठमाडौं उपत्यकाका लागि सोमबारदेखि प्रशासनको नयाँ आदेश

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भोलि सोमबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन्।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं– काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भोलि सोमबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन्। आज बसेको तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले नयाँ आदेश जारी गरेको हो। 

आदेशमार्फत कोरोना भाइरसको संक्रमणलाई मध्यनजरमा राख्दै केही पुराना व्यवस्थारूमा परिमार्जन गरिएको छ। 

सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा लगायत भीडभाड हुने कार्यहरू नगर्न आदेश दिइएको छ। शैक्षिक संस्थाहरु भने फागुन १ गतेदेखि सञ्चालन गर्न पाइने भएको छ।

बैठकले विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय गरेको हो। तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित र नभएका विद्यार्थीको हकमा संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनिएको छ।

साथै सबै परीक्षाहरू पनि सञ्चालन गर्न अनुमति दिइएको छ। तर स्वास्थ्यका मापदण्डको पालना गर्न भनिएको छ। यस्तै प्रशासन कार्यालयले उपत्यकामा जोरबिजोर प्रणाली पनि हटाएको छ। साथै  फागुन १ गतेदेखि लागू हुनेगरी नाइट क्लबहरू पनि सञ्चालन गर्न अनुमति दिइएको छ। 



प्रकाशित: Feb 06, 2022| 20:29 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।