बुधबार, कात्तिक ४, २०८३

चित्र कोरेरै मासिक रु ४० हजार कमाइ

सानैदेखि नै चित्र कोर्ने कार्यमा रुचि जगाउने ३६ वर्षीय श्रेष्ठ अहिले दाम कमाउने मात्र नभई समाजमा राम्रो पहिचान बनाउन सफल भएका छन्। विसं २०५७ देखि यस कार्यमा लागेका उनले दुई वर्षदेखि रामपुरलाई कार्यथलो बनाउनाका साथै जिल्लाका विभिन्‍न ठाउँमा पुगेर चित्र बनाउने गरेका छन्।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

रामपुर- पूर्वखोला गाउँपालिका–५ वीरकोटका हिरा श्रेष्ठको दिनचर्या अहिले चित्र कोर्दैमा बित्ने गरेको छ। उनलाई यतिबेला विभिन्न थरीका चित्र बनाउन भ्याइनभ्याइ छ। हाल पाल्पा रामपुर नगरपालिकाका विभिन्न सङ्घसंस्था, होटल, रेष्टुरेन्ट र विद्यालयका लागि चित्र कोर्दैमा दिन बितेको श्रेष्ठलाई पत्तै हुँदैन। 

यस कार्यबाट मासिक रु ४० हजारसम्म उनी कमाइ गर्छन्। श्रेष्ठले भने, 'आफूमा सीप र जाँगर भएपछि जीवन धान्न गाह्रो हुँदो रहेनछ, अहिले भित्ते चित्र कोर्ने काममा व्यस्त छु, काम गर्दै जाँदा सीपमा निखारता आउने र कमाई पनि राम्रै हुने रहेछ।'

सानैदेखि नै चित्र कोर्ने कार्यमा रुचि जगाउने ३६ वर्षीय श्रेष्ठ अहिले दाम कमाउने मात्र नभई समाजमा राम्रो पहिचान बनाउन सफल भएका छन्। विसं २०५७ देखि यस कार्यमा लागेका उनले दुई वर्षदेखि रामपुरलाई कार्यथलो बनाउनाका साथै जिल्लाका विभिन्‍न ठाउँमा पुगेर चित्र बनाउने गरेका छन्। भित्तेलेखन, साइनबोर्ड, कम्पनीको बोर्ड, घरका भित्ता सजावटलगायत सबै सीप श्रेष्ठमा छ। कक्षा १२ सम्म अध्ययन गरेका उनले परिवारको आर्थिक अवस्था नाजुक भएका कारण थप अध्ययनलाई भने अगाडि बढाउन सकेनन्। 

आफूसँग भएको सीपलाई विकास गर्दै जाँदा अहिले यस कार्यमा श्रेष्ठ दख्खल बनेका छन्। धेरै ग्राहकबाट माग आएपछि बुटवलमा एक वर्ष बसेर थप सीप सिकेका उनको चित्र  कला लोभलाग्दो हुन थालेको छ। 'ठूलाठूला होटल रेष्टुरेन्ट, सङ्घसंस्थाबाट माग धेरै आउन थालेपछि एक वर्ष बुटवलमा बसेर थप सीप सिकेपछि व्यावसायिकरुपमा काम गर्न थालेको छु, यो व्यवसायबाट अहिले म सन्तुष्ट छु', श्रेष्ठले भने। 

 यहीँ व्यवसायले श्रीमती, दुई छोराछोरीका साथै बुबा– आमाको पालनपोषण, छोराछोरीको पढाई खर्च र घरखर्च पनि राम्रोसँग चलेको उनले बताए। श्रेष्ठमा बढी प्राकृतिक वस्तुको  चित्र कोर्ने रुचि भए पनि ग्राहकले जुन प्रकारको चित्र खोज्यो जस्ताको तस्तै तयार पार्न सिपालु छन्।

सानैमा विद्यालयमा चित्रकलाको कार्यक्रममा सधैँ उत्कृष्ट हुने उनमा भविष्यमा चित्रकार बन्ने सपना पनि सानैदेखि पलाएको थियो। परिवारको हौसला, अग्रज चित्रकार, आफन्त, साथीभाइको प्रेरणा र आफ्नै मेहनतले श्रेष्ठका सीपमा निखारता आउन थालेको छ।  

  अहिले समाजमा चित्र कोर्ने कार्यलाई व्यावसायिक बनाउने खासै भेटिदैनन्। यसमा दख्खल भएका व्यक्तिलाई राज्यले संरक्षण गर्नुपर्नेमा  रामपुरस्थित गङ्गा माविका सहायक प्रधानाध्यापक कृष्ण घिमिरेले जोड दिए।

     

प्रकाशित: Feb 06, 2022| 22:20 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।