बुधबार, जेठ २०, २०८३

सिमकोट हवाई मैदानको हिउँ पञ्छ्याइँदै

सिमकोट हवाई उड्डयन कार्यालयको ट्र्याक्टरले आजदेखि हवाई मैदानको हिउँ फाल्ने कार्य गरिरहेको उक्त कार्यालयले जानकारी गराएको छ। यस वर्ष यहाँ तीन फिट हिउँ जमेको छ। यो हिमपात यस वर्षको सबैभन्दा धेरै हो।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

हुम्ला- हुम्ला जिल्लामा तीन दिनसम्मको हिमपातबाट सिमकोट हवाई मैदानमा जमेको हिउँ पञ्छ्याइँदै कार्य जारी रहेको छ। 

National life

सिमकोट हवाई उड्डयन कार्यालयको ट्र्याक्टरले आजदेखि हवाई मैदानको हिउँ फाल्ने कार्य गरिरहेको उक्त कार्यालयले जानकारी गराएको छ। यस वर्ष यहाँ तीन फिट हिउँ जमेको छ। यो हिमपात यस वर्षको सबैभन्दा धेरै हो।

उक्त हवाई मैदानमा हिउँ जमेकाले सबैभन्दा पहिला सिमकोटका सरकारी कार्यालय तथा गैरसरकारी संस्थाका कर्मचारीले हिउँ फाल्ने कार्य गरेका थिए। 

त्यसपछि बाँकी रहेको हिउँ आज कार्यालयको ट्र्याक्टरले फाल्न थालेको छ। सदरमुकाम सिमकोटमा जताततै हिउँले सेताम्मै भएको हुनाले सिमकोट तथा बाहिरी जिल्लाको आवतजावत ठप्प भएको छ। 

त्यस्तै उत्तरी भेगको नाम्खा गाउँपालिकामा भने एक गाउँदेखि अर्को गाउँ जानसमेत कठिनाइ भएको स्थानीयवासी तेञ्जिङ लामाले फोनबाट जानकारी गराउँदै उक्त ठाउँमा छ फिट हिउँ जमेको बताए। 

Shivam cement

हुम्लाको यातायात र हवाई सेवा पनि तीन दिन लगातार हिउँ परेपछि बन्द छ। हुम्ला जिल्लाको उत्तरी भेगमा रहेको हिल्सा नाकामा भारी हिमपात भएपछि सिमानामा खटिएका सशस्त्र प्रहरी बलको टोलीलाई खानेपानीको समस्या भएको छ। उनीहरुले कर्णाली नदीबाट पानी आपूर्ति गरेका सशस्त्र प्रहरी बलका निरीक्षक पूर्णबहादुर चन्दले फोनबाट जानकारी गराए। 

प्रकाशित: Feb 06, 2022| 21:40 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।