बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले राजपाका नेतालाई भने- 'आन्दोलन छाडेर विकासमा लाग्‍नूस्'

ओलीले राजपाका नेतालाई भने- 'आन्दोलन छाडेर विकासमा लाग्‍नूस्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन छाडेर विकासको काममा लाग्न राजपाका नेताहरूसँग आग्रह गरेका छन् । बिहीबार साँझ बालुवाटारमा भएको भेटमा ओलीले आन्दोलन छाडेर तराईको समग्र विकासका बृहत् योजना बनाउन आग्रह गरेका हुन् । 

तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले आग्रह गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओलीले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । 

सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तरार्इका जनतालाई मुक्त पार्नुपर्ने उनल बताए । ओलीले भने, 'यी सबै समस्या समाधानका लागि राजनीतिक रूपमा योजना बनाऔं र कार्यान्वयन गरौं ।' अघिल्लो सरकारका बेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकाले त्यसको साटो तराईमा पनि एकीकृत बस्ती बसाउने सरकारको योजना रहेको उनले नेताहरूलाई जानकारी गराए । 

राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका थिए । प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिएका थिए । 'हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरूले पनि पुनर्विचार गर्नुहोस्,' प्रधानमन्त्री ओलीले भने ।

संविधान संशोधनका बारेमा नेताहरूले राखेका जिज्ञासामा प्रधानमन्त्रीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका थिए ।

राजपामा नेताहरूले तराइको बाढी, दुई वर्षअघिको आन्दोलनका घाइतेको अवस्था, तरार्इको विकास, मधेस र थारू आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान संशोधनका विषयमा प्रधानमन्त्रीको धारणा माग गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।