बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश सरकारबाट हिउँमा फसेकालाई हेलिकप्टरमार्फत खाद्यान्‍न सहयोग

प्रदेश सरकारबाट हिउँमा फसेकालाई हेलिकप्टरमार्फत खाद्यान्‍न सहयोग

सो क्षेत्रमा खाने कुरा लिएर साथमा गएका सोही वडाका स्थानीयवासी सुरतबहादुर शाहीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्लामा खाद्यान्न सामग्री प्रदान गरेका छौँ। हिउँले पाटनमा हेलिकप्टर बस्न नसकेको तर तिनै स्थानमा मानिस देखिएका थिए।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका–८ स्थित गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका स्थानीयवासीलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरमार्फत खाद्यान्‍न सामग्री सहयोग पुर्‍याएको छ। सुर्खेतबाट पठाइएको नेपाली सेनाको हेलिकप्टरले तीन स्थानमा खानेकुरा पुर्‍याएर फर्किएको बक्स गण जुम्लाका गणपति रविन थापाले जानकारी दिए।

National life

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले स्थानीय तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँ फसेका व्यक्तिलाई खानेकुरा पठाइएको र फसेका व्यक्तिहरू सुरक्षित भएको जानकारी दिए। सो क्षेत्रमा खाने कुरा लिएर साथमा गएका सोही वडाका स्थानीयवासी सुरतबहादुर शाहीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्लामा खाद्यान्न सामग्री प्रदान गरेका छौँ। हिउँले पाटनमा हेलिकप्टर बस्न नसकेको तर तिनै स्थानमा मानिस देखिएका थिए। 

हिउँमा फसेका ३४ स्थानीयवासी सकुशल

सेतो चिनी खिरौला र जडिबुटी संकलन गर्न पाटनमा गएका स्थानीयवासी बिहीबारदेखि भएको भारी हिमपातले घर फर्किन नसकेर हिउँमा फसेका ३४ स्थानीयवासी सकुशल रहेका छन्। ५५ हिउँमा फसेको खबरपछि कर्णाली प्रदेश सरकारको टोली राहत सामग्रीसहित आइतबार गाग्रा पाटनमा पुगेर केही दिनलाई पुग्ने राहत सामग्री दिएर आएको राहत वितरण गर्न पुगेका तातोपानी–८ का स्थानीयवासी शाहीले बताए।

उनले भने, 'बाक्लो हिउँ जमेकाले हेलिकप्टर अवतरण हुन सकेन। माथिबाटै राहत फाल्यौँ। मलाई देखेपछि सबै चिनेका स्थानीयले तलबाटै नमस्कारसमेत गरे। एडी ओढारमा बसेका १४/१५ नागरिकसहित तीन स्थानमा बसेका झण्डै २० जना राहत लिन बाहिर देखिएका थिए। 

Shivam cement

उनीहरूलाई तीन दिनसम्म पुग्ने चाउचाउ, बिस्कुट, दालमोट, चिउरा र औषधि दिएका छौँ। सबै सकुशल र ढुक्क रहेका छन्।' पाटन भरी तीन/चार पटक हेलिकप्टर घुमाएर हेर्दा सबै स्थानीयवासी भेटिएका छन्। धेरै ठाउँमा आगो बालेको धुवाँ आइरहेकाले सबै सुरक्षित नै रहेको स्थानीयवासी शाहीले बताए। सो वडाको गाग्रा पाटनमा ५५ हिउँमा फसेको भनिए पनि ३४ मात्रै रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले बताए। 

जम्मा ३६ जना रहेकोमा दुई शनिबार नै धर्मशालासम्म आएकाले गर्दा ३४ हिउँमा फसेको हो। प्रदेश सरकारको उद्धार टोलीले राहत दिँदा झण्डै २० नागरिक राहत लिन देखापरेकाले अन्य नागरिक पनि सुरक्षित नै रहेका छन्।

खाद्यन्न अभाव रहेको भनिएको थियो। राहत सामग्री पुराएपछि तत्काल कुनै खतरा नरहेको सबैको अवस्था सामान्य नै रहेको प्रजिअ प्रसाईंले बताए।

पाटनमा सेतो चिनी खिरौला जटिबुटी संकलन कोर्न गएका तातोपानी गाउँपालिका–८ की महिला वर्ष ३७ की देवी शाही र तातोपानी–७ बारगाउँका वर्ष ४६ का मुन रावतको अत्याधिक चिसोले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।

प्रकाशित: Feb 06, 2022| 22:00 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।