शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फागुन एक गतेदेखि विद्यालय खुल्ने, जोरबिजोर तत्काल हट्ने

फागुन एक गतेदेखि विद्यालय खुल्ने, जोरबिजोर तत्काल हट्ने

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली हटाउनुका साथै फागुन १ गतेदेखि विद्यालय खोल्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सवारीसाधन सञ्चालनमा लगाइएको जोरबिजोर प्रणाली हटाउनुका साथै फागुन १ गतेदेखि विद्यालय खोल्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

सीसीएमसीको आइतबार बसेको बैठकले सवारीसाधनमा लागू भएको जोरबिजोर प्रणाली तत्काल हटाउन सिफारिस गरेको छ। पछिल्लो समय सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटे पनि निजीमा यथावत् छ।

सीसीएमसीले आगामी फागुन १ गतेबाट विद्यालय खोल्न पनि सिफारिस गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण बढ्दै गएपछि माघ पहिलो सातादेखि देशभरका विद्यालय बन्द गरिएको थियो।


प्रकाशित: Feb 06, 2022| 17:17 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।