बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा गोली लागेका जवानको होश खुल्यो, हेलिकोप्टरमा काठमाडौं ल्याइयो

जुम्लामा गोली लागेका जवानको होश खुल्यो, हेलिकोप्टरमा काठमाडौं ल्याइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपालगंज- जुम्लामा गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको  होश खुलेको छ । नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारत उनको शुक्रबार विहान होश खुलेको हो । 

उनलाई थप उपचारका लागि अहिले काठमाडौं ल्याइएको छ । माउन्ट हेलिकोप्टर मार्फत उनलाई काठमाडौं पठाएको नेपालगन्जबाट हाम्रा सहकर्मी दामुबाबु भण्डारीले जनाएका छन्। 

अनशनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रमममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा झडप हुँदा उनी घाइते भएका थिए । जुम्लाबाट उपचारका लागि बिहीबार दिउसो नै नेपालगन्ज ल्याइएको थियो । उनलाई जुम्लामा नै छ प्वाइन्ट रगत दिइएको जनाइएको छ । 

गोली लागि गम्भीर घाइते भएका भएको प्रहरी जवान उपाध्यको अवस्था अझै खतरामुक्त हुन नसकेपछि काठमडौं पठाइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।