बुधबार, कात्तिक ४, २०८३

लता मंगेशकरको निधनमा दुई दिन राजकीय शोक

प्रख्यात गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुई दिन राजकीय शोकको घोषणा गरेको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं– प्रख्यात गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुई दिन राजकीय शोकको घोषणा गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले आइतबार र सोमबार राजकीय शोक मनाउने घोषणा गरेको हो।

दुई दिन भारतको राष्ट्रिय झण्डा आधा झुकाइने छ। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेका अनुसार लता मंगेशकरको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने घोषणा गरेका छन्।

लता मंगेशकरको शनिबार राति ९२ वर्षको उमेरमा निधन भएको हो। केही दिनदेखि बिरामी भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको थियो।

आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन्। मंगेशकरले नेपाली भाषामा समेत गीत गाएकी छन्। 

आकाशको तिरमीर तारा म गन्न सक्दिन, जुन माटोमा जन्म्यौं हामी, बाचुन्जेलीलाई लगायत उनले गाएका नेपाली गीत हुन्।

प्रकाशित: Feb 06, 2022| 13:01 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।