बुधबार, असार ३१, २०८३

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कञ्चनपुर- आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छिन् । 

बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा भएको झडपमा परी कुँवर घाइते भएकी हुन् ।  

घाइते कुँवरको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि साँझ अबेर थप उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । 

महेन्द्रनगरदेखि झोलुंगे पुलसम्म जाने ई-रिक्सामा नगरपालिकाले लगाएको शुल्कको विरोधमा अटोरिक्सा चालक र नेपाल विद्यार्थी संघले चक्काजाम गर्न खोजेको प्रहरीको भनाइ छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।