बुधबार, कात्तिक ४, २०८३

कृपाले जितिन् सारेगामप लिटिल च्याम्सको उपाधि

झापा बिर्तामोडकी कृपा पौडेलले गायन रियालिटी शो सारेगामप लिटिल च्याम्स नेपालको पहिलो सिजनको उपाधि जितेकी छन्।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं- झापा बिर्तामोडकी कृपा पौडेलले गायन रियालिटी शो सारेगामप लिटिल च्याम्स नेपालको पहिलो सिजनको उपाधि जितेकी छन्। गए राति शनिबार भएको ग्राण्ड फिनालेमा अन्य चार जना प्रतिस्पर्धी रोशा फुयाँल, आदित्य विश्वकर्मा, अरुण सुनार र अभिज्ञा घिमिरेलाई पछाडि पार्दै विजेता हुन सफल भएकी हुन्। 

विजेता बनेकी कृपाले ट्रफीसँगै नगद १५ लाख रुपैयाँ प्राप्त गरेकी छन्। दर्शकको भोटिङको आधारमा उनी विजेता घोषित भएकी हुन्। झापा मेचीनगरकी रोशा फुयाँसल फस्ट रनरअप, भारत सिलगुडीका आदित्य विश्वकर्मा सेकेण्ड रनरअप भएका थिए। रोशा र आदित्यले ट्रफीसहित तीन लाख र दुई लाख प्राप्त गरेको थिए।

विजेतासहित चार प्रतिस्पर्धीलाई गीत रेकर्ड तथा म्युजिक भिडियो र नेपालका साथै विश्व टुर लगायत सुविधा आयोजकले दिने बताएको छ। साथै प्रतिस्पर्धी पाँचलाई कक्षा १२ सम्मको अध्ययनको व्यवस्था पनि मिलाउने बताएको छ। 

ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारण भएको रियालिटी शोको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका थिए। त्यस्तै १५ जना गायक गायिका र गीतकारले ग्राण्ड जुरीको भूमिकामा थिए। 

प्रकाशित: Feb 06, 2022| 11:56 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।