काठमाडौं- काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–९ घर भएका २१ वर्षीय संजयकुमार महतो रहेका छन्। रौतहटको गौरबाट ना.७ख ४७४९ नम्बरको बसमा काठमाडौं आएका महतोलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले उनको साथबाट ६ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुर्फिन बरामद भएको बताएका छन्। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।