आइतबार, फागुन १७, २०८२

मधेश प्रदेशमा थपिए एक राज्यमन्त्री

मधेस प्रदेश सरकारले एक राज्यमन्त्री थपेको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

kumari

जनकपुरधाम- मधेस प्रदेश सरकारले एक राज्यमन्त्री थपेको छ। मधेश प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी पार्टीबाट उद्योग पर्यटन तथा वन राज्यमन्त्रीको रुपमा नागेन्द्रराय यादवलाई नियुक्त गरिएको हो। 

नवनियुक्त राज्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ खुवाएका छन्। यादव रौतहट ३(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग पर्यटन तथा वन मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुन मन्त्रीको रुपमा प्रमोद यादवलाई मधेस प्रदेश सरकारमा सहभागी गराइएको थियो।

प्रकाशित: Feb 06, 2022| 11:20 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।