शनिबार, साउन ३०, २०८३

चार दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन

हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

बैतडी- हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ। सो राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड र श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँ परेपछि यातायातका साधन आवत जावत गर्न राकिएको थियो।  

राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्। यात्रुसमेत अलपत्र परेका छन्।

अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, 'दुई जेसिबीको प्रयोग गरी राजमार्ग सञ्चालन गर्न हिउँ पन्छाउन थालिएको छ, बाक्लो हिउँ जमेकाका कारण ढिलाइ भएको छ, आज अपरान्ह्पछि सञ्चालनमा आउन सक्छ।' यसअघि बिहीबारदेखिनै अवरुद्ध रहेको यहाँका दशरथचन्द  र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सञ्चालन भएका थिए।

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ। हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको हो। वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन र यो समयमा  बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। 

साथै लामो यात्रा ननिस्कन पनि आग्रह गरिएको कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानाकारी दिए। यहाँ तेस्रोपटक हिमपात भएको हो। यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो।  

प्रकाशित: Feb 06, 2022| 11:11 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।