काठमाडौं- गायिका लता मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको छ। उनकी बहिनी उषा मंगेशकरले उनको निधनबारे जानकारी दिएकी छन्।
मंगेशकर पछिल्लो एक महिनायता मुम्बइको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत थिइन्। मंगेशकरको आइतबार बिहान भारतीय समय अनुसार ८:१२ मा निधन भएको हो। उनमा ८ जनवरीमा कोरोना पुष्टि भएको थियो।
मंगेशकरको निधनप्रति भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीले शोक व्यक्त गरेका छन्। 'देशकी शान र संगीत जगतकी स्वर कोकिला भारत रत्न लता मंगेशकरको निधनले मर्माहत तुल्याएको छ। पुण्यात्माप्रति मेरो श्रद्धाञ्जली। उनको निधन देशका लागी अपूर्णीय क्षति हो। उहाँ संगीत साधकका लागि सधै प्रेरणा हुनुहुन्थ्यो,' उनले लेखेका छन्।
आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी छन्। मंगेशकरले नेपाली भाषामा समेत गीत गाएकी छन्।
मंगेशकरले थुप्रै पुरस्कार र अवार्ड जितेकी छन्। उनले तीन पटक त राष्ट्रिय अवार्ड नै जितेकी थिइन्। उनलाई प्रतिष्ठित भारत रत्न र दादा साहेब फाले अवार्ड पनि प्रदान गरिएको थियो।
मंगेशकर पार्वगायिका थिइन्। र, उनले भारतीय फिल्मी संगीतलाई एक नयाँमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्।
देश की शान और संगीत जगत की शिरमोर स्वर कोकिला भारत रत्न लता मंगेशकर जी का निधन बहुत ही दुखद है। पुण्यात्मा को मेरी भावभीनी श्रद्धांजलि। उनका जाना देश के लिए अपूरणीय क्षति है। वे सभी संगीत साधकों के लिए सदैव प्रेरणा थी।
— Nitin Gadkari (@nitin_gadkari) February 6, 2022