बिहीबार, असार ११, २०८३

कर्णालीमा घट्दो दरमा कुष्ठरोग

कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८
National life
Shivam cement

सुर्खेत- कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँच वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले पाँच वर्षअघि बिरामी पत्ता लाग्ने दर ६.४९ प्रतिशततथाहाल ३.६७ प्रतिशत रहेको बताए। 'कर्णालीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ, बिरामीको पहिचान वर्षेनी घट्दो क्रममा छ', उनले भने, 'समयमै रोग पत्ता लगाएर नियमित उपचार गरेमा यो पूर्णरूपमा निको हुन्छ, अपाङ्गता हुनबाट बच्न सकिन्छ।'

कर्णालीमा कुष्ठरोग निवारणका लागि सरकारी निकायसँगै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनएफले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ११५, २०७४/७५ मा ११५, २०७५/७६ मा ८९, २०७६/७७ मा ५५ र २०७७/७८ मा ६७ नयाँ बिरामी फेला परेका छन्।

प्रकाशित: Feb 06, 2022| 09:35 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।