शनिबार, साउन ३०, २०८३

लागूऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

धनगढी- कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका-१० उदासिपुरमा ४.५ किलोग्राम  चरेशसहित दुई जनालाई पक्राउ गरेको हो। 

बझाङ साविक खिरातडी गाविस-७ घर भई हाल गौरीगंगा नगरपालिका-८ चमारीपुर बस्ने ५३ वर्षीय मानबहादुर धामी र सोही ठाउँका ३० वर्षीय बिर्ख धामीको साथबाट उक्त मात्रमा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनीहरूले प्रयोग गरेको से२प ४११५ नम्बरको मोटरसाइकलसहित दुबैलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Feb 06, 2022| 08:18 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।