बिहीबार, असार ११, २०८३

लागूऔषधसहित भारतीयनागरिक पक्राउ

प्रहरीले झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

झापा- प्रहरीले झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन्। उनीहरूलाई  १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल (बीओपी) ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अबैध पदार्थ बरामद भएको थियो। 

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 06, 2022| 07:55 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।