बिहीबार, असार ११, २०८३

आजदेखि मौसममा पूर्ण सुधार

आजदेखि मौसममा सुधार हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहेनेछ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं-  आजदेखि मौसममा सुधार हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहेनेछ।

National life

मौसममा सुधार भएसँगै आज दिन घमाइलो हुने महाशाखाले पूर्वानुमान गरेको छ। केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो। तर, शनिबार दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ।

आजदेखि दुई-तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसो घाम लाग्नेछ। अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नरहेको समेत महाशाखाले जनाएको छ।

प्रकाशित: Feb 06, 2022| 07:20 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।