बुधबार, असार ३१, २०८३

आजका अखबार : जुम्लामा प्रहरीको ज्यादती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- राजधानीबाट प्रकाशित शुक्रबारका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले अनशनरत डा गोविन्द केसीलाई जुम्लाबाट जबर्जस्ती उठाएर काठमाडौं ल्याएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

सेनाको हेलिकोप्टर मार्फत सरकारले बल प्रयोग गरेर डा केसीलाई काठमाडौं ल्याएको हो । डा केसी आफ्नो माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा थिए तर, प्रहरीले बल प्रयोग गर्दै उनलाई जबर्जस्ती काठमाडौं ल्याएको हो । प्रहरी उनलाई काठमाडौं ल्याउने क्रममा अनशनस्थल जुम्लामा दोहोर झडप मात्रै भएन गोली समेत चलेको थियो । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै अन्नपूर्ण पोस्टले अस्पतालमा रक्तपात हेर्न सकिन शीर्षकमा खबर छापेको छ । डा दिएको अभिव्यक्तिलाई मुख्य समाचार बनाएको उसले डा केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा प्रहरीले अन्दाधुन्न लाठी चार्ज गर्दा तीन दर्जन घाइते भएको उल्लेख गरेको छ । 

अनशन र अस्पतालमा प्रहरी हस्तक्षेप शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ भने अस्पतालभित्र हतियारधारी अपराधी भएको जसरी डा केसीमाथि व्यबहार गरेको समाचारमा लेखेको छ ।  

कान्तिपुरले जबर्जस्ती उठाइए केसी शीर्षकमा मुख्य समाचार छापेको छ । उनले सुनसान अस्पताललाई सम्बन्धन दिइएको पनि खुलासा गरेको छ । सरकारले संसद्मा दर्ता गरेको विद्येयकमा चिकित्सा शिक्षाको परिभाषै बदलेर सीटीईभीटीबाट सहजै नर्सिङ सम्बन्धन दिन सक्ने व्यवस्था गरेको पनि समाचारमा उल्लेख छ ।

यस्तै नागरिक दैनिकले जुम्लामा ज्यादती शीर्षकमा मुख्य समाचार छापेको छ भने समर्थकमाथि कुटपिट भएको र गलेका डा केसीलाई जबर्जजस्ती उठाएको समाचारमा उल्लेखक छ । उसले डा केसीको माग सम्बोधन गर्नका लागि दबाब दिन भन्दै चिकित्सकहरु अस्पताल बन्द गरेर सडकमा उत्रिएको विषयलाई पनि महत्व दिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।