बिहीबार, असार ११, २०८३

लगातारको वर्षाले इँटा उद्योगमा अर्बौंको क्षति

बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ। तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

धनुषा- बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस  प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ। तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ।

National life

तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन्। अहिले इँटा तयार पार्ने याम भएकाले सबै इँटा उद्योगहरुमा काँचो इँटा नै तयारी भइरहेको बेला बर्सातले अर्बौं रुपैयाँ मूल्य बराबरका इँटाको क्षति भएको उद्योग सञ्चालकहरूले बताएका छन्।

उद्योग सञ्चालकहरूका अनुसार एउटा इँटा उद्योगमा कम्तीमा रु २५ देखि ३० लाख मूल्य बराबरका काँचो इँटा वर्षाका कारण नष्ट भएका छन्। इँटा उद्योग व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष विनय यादवले भने, 'वर्षाका कारण इँटा उद्योगहरुमा अहिले भएको क्षतिको कारण तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ।' उनले वर्षाले उद्योगीहरु उठ्नै नसक्ने गरी क्षति पुगेको बताउँदै उहाँले  भन्नुभयो, “तत्काल उद्योग सञ्चालन गर्ने अवस्था रहेन। अर्बौंको क्षति भएको छ।'

अध्यक्ष यादवकाअनुसार मधेस प्रदेशका सबै जिल्ला गरी  ६०० इँटा उद्योग सञ्चालनमा छन्। एउटा उद्योगले कम्तीमा ३० देखि ५० लाख काँचो इँटा तयार पारेका थिए। तयारी भएको इँटाभट्टामा पोल्ने तयारी गरिरहेको बेला एक्कासि भएको लगातारको वर्षाले कामै नलाग्ने सबै काँचो इँटा नष्ट भइसकेको छ। एक–दुई महिना लगाएर तयार पारिएको इँटा पुस–माघमा भट्टीमा पोल्ने गरिन्छ।  काँचो इँटा तयार पार्न उद्योगले सयौँको सङ्ख्यामा मजदुर राख्ने गरेका हुन्छन् भने माटो र कोइलासमेत खरिद गरिएको हुन्छ।

वर्षाले गर्दा तयार पारिएका काँचो इँटाका साथै भारतबाट खरिद गरेर ल्याइएका कोइला पनि नष्ट भएको अध्यक्ष यादवले बताए। उनले उद्योग सञ्चालनका लागि फेरि सुरुकै अवस्थामा फर्कनुपर्ने बताउँदै सञ्चालकहरू दोहोरो खर्चको ठूलो मारमा पर्ने बताए। 

Shivam cement

मधेस प्रदेशको धनुषामा मात्रै ८० इँटा उद्योग छन्। यस वर्षाले सबै उद्योगमा क्षति पुगेर बन्द हुने अवस्थामा पुगेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलमा सञ्चालित रामजानकी इँटा उद्योगका सञ्चालक अरुण साहले वर्षाका कारण भएको क्षतिपछि उद्योग बन्द हुने अवस्थामा पुगेको बताए। उनले तयारी गरेर पोल्नका लागि राखेको सबै काँचो इँटा नष्ट भई एउटा पनि काम नलाग्ने अवस्था रहेको बताए।

इँटा उद्योगका सञ्चालकहरूले कोइला भारतबाट आयात गर्ने गरेका छन्। अघिल्लो वर्षको तुलनामा कोइलामा भएको दोब्बर मूल्यवृद्धिका कारण उनीहरू थप मारमा परेको सञ्चालकहरुले बताए। महोत्तरीको औरही नगरपालिकामा सञ्चालित न्यू मिथिला इँटाभट्टा उद्योगका सञ्चालक रामबाबु चौधरीले इँटा तयार पार्न फेरि सुरुदेखि काम गर्नुपर्ने अवस्था आएको बताए। उनले भने, 'अब सबै सुरुदेखि गर्नुपर्ने भयो, माटो र कोइला खरिद गर्नुपर्‍यो। मजदुरलाई पारिश्रमिक दिनुपर्ने भयो, त्यसका लागि फेरि कम्तीमा एक–दुई महिना समय लाग्ने भयो। हामी दोहोरो खर्चको मारमा पर्ने भए।'

इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीले भने, 'वर्षाका कारण स्टक गरेर राखिएको सबै कोइला पनि नष्ट भयो। फेरि दोहोरो खर्च गरेर भारतबाट मगाउनुपर्ने अवस्था भयो।' उनले महोत्तरीमा मात्रै रु २० करोड मूल्य बराबरको इँटा उद्योगमा क्षति पुगेको बताए। उनका अनुसार महोत्तरी जिल्लाभरि ५२ वटा इँटा उद्योग रहेकामा औरही, रामगोपालपुर र गौशला नगरपालिकामै ३६ वटा रहेको र प्रत्येक इँटा उद्योगमा करिब रु २० देखि ३० लाखसम्मको क्षति भएको बताए।

सरकारले अन्य उद्योगहरूका लागि बीमाको व्यवस्था गरे पनि इँटा उद्योगमा बीमाको व्यवस्था छैन। खुला आकाशमुनि निर्माण हुने इँटा उद्योगहरूलाई सरकारले बीमाको व्यवस्था नगरेको हो। दैवीप्रकोप वा कुनै दुर्घटना हुँदा बीमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट वञ्चित छन्। उद्योग सञ्चालकहरूले बीमाको व्यवस्था गर्न पटकपटक आग्रह गरे पनि सरकारले उनीहरूको माग सम्बोधन गरेको छैन। 

इँटा उद्योग व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष विनय यादवले सरकारले बीमाको व्यवस्था नगरेका कारण प्रकृतिक विपत्ति आउँदा सम्पूर्ण क्षति उद्योगले आफैँ बेहोर्नु परिरहेको बताए। उनले अन्य उद्योगजस्तै इँटा उद्योगलाई पनि बीमाको व्यवस्था गर्न सरकारसँग पुनः माग गरे। उनले भने, 'बीमाको व्यवस्था गर्न पछिल्लो ५÷६ वर्षदेखि सरकारलाई भनिरहेका छौँ तर सरकारले सुनुवाइ गरेको छैन।'

प्रकाशित: Feb 05, 2022| 23:10 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।