बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा गोलि लागि घाइते भएका प्रहरीलार्इ नेपालगन्‍ज ल्याइयो

जुम्लामा गोलि लागि घाइते भएका प्रहरीलार्इ नेपालगन्‍ज ल्याइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबार भएको झडपमा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलार्इ थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। 

उपाध्यायलार्इ अहिले नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारका भइरहेको छ। उनलार्इ छ प्वाइन्ट रगत दिइसकेपछि हेलिकप्टरमा नेपालगन्ज ल्याइएको जनाइएको छ।  

२० दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशनस्थलमा स्थानीय तथा चिकित्सकहरुले डा केसीलार्इ काठमाडौं लैजान अवरोध सिर्जना गरेपछि भएको झडपमा गोली लागि उपाध्याय गम्भीर घाइते भएका हुन्। उपाध्यायलार्इ अझै रगत आवश्यक पर्ने र अक्सीजनको लेभल पनि आवश्यकभन्दा तल झरीसकेकोले अवस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले जनाएको छ। उनको छातीमा गोली लागेको छ।

यसरी मृत्युको समाचार आयो?

यसअघि जुम्लामा प्रदर्शन चर्किदा प्रहरी नायव उपरीक्षक तपन कुमार दाहालले भिडलाई तितरवितर गर्ने ध्येयले भनेका थिए: 'मेरो साथी गइसक्यो। तपाईहरु पछि हट्नुहोस् जे पनि हुनसक्छ।' दाहालको यहि भनाईलाई आधार मान्दै समाचार प्रवाह भयो। गोली लागेका व्यक्तिको हताहती सम्बन्धी समाचार प्रवाह भयो जतिवेला ती जवानलाई अस्पताल लगिदै थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।