बिहीबार, असार ११, २०८३

होचा तथा फरक क्षमता भएका सागरको सगरमाथा चढ्ने साहस

कास्कीको मादी गाउँपालिका–११ सातेका सुनारले अहिले सगरमाथा आरोहणको योजना बनाएका छन्। अपाङ्ता भएका व्यक्ति सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि २८ वर्ष, ३।५ फिट उचाइ र ३५ केजी तौलका सुनारले सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास थालेका छन्। उनले आगामी वैशाखमा राष्ट्रिय झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गरेका छन्।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

गण्डकी- सगरमाथा आरोहणको कीर्तिमान सहज रूपमा सम्भव छैन। सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला। निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक होचा र अपाङ्ता भएका व्यक्ति सागर सुनार (विश्वकर्माले) पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गरेका छन्।

National life

कास्कीको मादी गाउँपालिका–११ सातेका सुनारले अहिले सगरमाथा आरोहणको योजना बनाएका छन्। अपाङ्ता भएका व्यक्ति सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि २८ वर्ष, ३।५ फिट उचाइ र ३५ केजी तौलका सुनारले सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास थालेका छन्। उनले आगामी वैशाखमा राष्ट्रिय झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गरेका छन्।

फरक क्षमता भएर पनि मनोबल उच्च राखे जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने सन्देश दिनु पनि आफ्नो अभियानको लक्ष्य भएको उनले बताए। उनको शरीरभन्दा टाउको ठूलो छ भने खुट्टाका पाइताला बांगिएका छन्। 'सगरमाथामा विश्वका धेरै व्यक्तिले विभिन्न कीर्तिमानी कायम गरिसक्नुभएको छ', सुनारले भने, 'होचो कद र अपाङ्गता भएका एउटै व्यक्तिको कीर्तिमानी कायम गर्ने दाबीका साथ तयारीमा जुटेको छु।'

आरोहणको पूर्वतयारीका साथ दोलखा जिल्लास्थित पाँच हजार ९२५ मिटर उचाइको रामदुङ हिमाल सकुशल आरोहण गरिसकेका सुनारले यतिखेर आर्थिक सहयोग गरिदिनुहुन सबैसँग हार्दिक अपिल गरिरहेका छन्। 

बाबु दुर्गाबहादुर र आमा कमला सुनारका पाँच भाइमध्येका कान्छा छोरा सुनारले भने दिदी उर्मिला सुनारको साथी कान्छीमाया तामाङ अभियानको प्रेरणाका स्रोत भएको बताए। तामाङ २१ पटक सगरमाथाको सफल आरोहणसहित विभिन्न नौवटा कीर्तिमानी कायम गर्ने पेम्मादोर्जे शेर्पाका श्रीमती हुन्।

Shivam cement

गाउँको सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका सुनारले ठट्यौली पारामा भने, 'सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्केपछि विवाह गर्ने सोचमा छु।' सुनारको आरोहण टोलीमा कीर्तिमानी पेम्मादोर्जे शेर्पासहित रहने तयारी गरिएको छ। आरोहणका लागि एक करोडभन्दा बढी रुपैयाँ खर्च लाग्ने अनुमान छ।

आरोहण अभियानमा जुटेका उनका माइला दाइ सुरेश सुनारका अनुसार भाइले दृढ इच्छाशक्ति देखाएको हुँदा सफल हुने विश्वास व्यक्त गर्दै विभिन्न खाले तयारीका लागि हालसम्म रु १० लाखभन्दा बढी खर्च भइसकेको छ। भाइ जन्मँदा स्वस्थ थियो तर पछिल्लो समय नबढेको र खुट्टा समेतमा समस्या देखिएको उनको भनाइ छ।

आरोहणका लागि अझै पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने सुन व्यवसायमा संलग्न उनले प्रतिबद्धता व्यक्त गरे। सागरका जेठा दाजु सुभास काठमाडौंस्थित म्यानपावर सञ्चालक हुन् भने साइलो दाजु सुदर्शन सुनारसहित आमाबुबा अमेरिका  र साइलो दाइ शुक्रराज सुनार पनि दाइकै म्यानपावर कम्पनीमा कार्यरत रहेका छन्।

सुनारको अभियानमा गाउँपालिकाको साथ र सहयोग 

विश्वको उच्च शिखर सगरमाथा आरोहणको तयारीमा लागेका सागर सुनारको अभियानमा गाउँपालिकाको साथ र सहयोग रहने भएको छ। गाउँपालिकाको पहिचान भएको भन्दै सुनारको आरोहणमा सर्वपक्षीय भेलाको आयोजना गरेको हो।

नेपालमात्र नभई विश्व कीर्तिमानमा जुटेका सुनारको सहयोगका लागि गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) को संयोजकत्वमा मादीका सम्पूर्ण जनप्रतिनिधि, पोखरा महानगरपालिकाका प्रमुख, माछापुच्छ्रे, रुपा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष, कास्की जिल्लाबाट निर्वाचित सङ्घीय एवम् प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसभामुख, मादी गाउँपालिकामा जन्म भई पोखरामा बसोबास गर्दै आएका विभिन्न १८ वटा तमु समाजका प्रतिनिधि सम्मिलित ३०० को सहयोग समिति गठन गरेको छ।

भेलामा कीर्तिमानी आरोही पेम्मादोर्जे शेर्पा, विभिन्न राजनैतिक पार्टीका प्रमुख एवम् प्रतिनिधि, तमुसमाज, उद्योगी तथा व्यवसायी, आमा समूह लगायतले मादीको मात्र नभई नेपालकै गौरव यो अभियानलाई आ–आफ्नो स्थानबाट नैतिक, भौतिक तथा आर्थिकरूपमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

भेलामा गाउँपालिकाका अध्यक्ष गुरुङले सबैको साथ सहयोग रह्यो भने आवश्यक रकम सङ्कलन गर्न सफल हुने विश्वास व्यक्त गर्दै सुनारले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेमा आफू विश्वस्त रहेको बताए।

प्रकाशित: Feb 05, 2022| 21:20 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।