शुक्रबार, कात्तिक २८, २०८२

पशुपति क्षेत्रका अस्थायी टहराहरु हटाइने

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा सञ्‍चालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा सञ्‍चालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ। 

National life

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहराहरु हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए।

उनले शनिबार फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरु हटाउन लागिएको स्पष्ट पारे। 

प्रवक्ता अधिकारीले भने, ‘यसलाई हटाउने भन्ने विषयहरु मिडियामा आईराखेको छ। यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दा पनि त्यसलाई व्यवस्थित गर्ने भन्‍ने बुझ्नु पर्दछ। पशुपति क्षेत्रको आफ्नै ऐन, कानुन छ। त्यस अनुसार कुन ठाउँमा केलाई व्यवस्थित गर्ने, कुन ठाउँमा दर्शनार्थीलाई के सुविधा दिने भन्ने कुरा हाम्रो पोलिसी अन्तरगत त्यहाँ पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि फूलप्रसाद, त्यहाँ चढाउने मालाहरुको लागि केही पसलहरुको व्यवस्थापन गरेका छौं। त्यसबाहेक अन्यत्र जस्तो जथाभावी पसल खोल्ने हाम्रो नीति होइन। छैन र हुनु पनि हुँदैन। केही अरुनि पसलहरु राखिएको थियो। व्यवस्थित ठाउँ बनाएरपछि ती टहराहरुलाई हटाउन लागिएको हो।’ 

कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरुका लागि आवश्यक फूलमाला, प्रसादी, चिनोलगायतका व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ। कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरुको दर्शनका लागि आवश्यक पूजा सामग्रीलगायतका धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 05, 2022| 20:00 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।