शनिबार, साउन ३०, २०८३

राहदानीको अनलाइन फर्म कीर्ते गर्ने ३ जना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौं सोल्टिमोड बस्‍ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्‍ने लम्जुङ बेसीसहर गाउँपालिका-११ घर भएका ४० वर्षीय नविन कुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर बताउने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन्।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

काठमाडौं- राहदानीको अनलाइन फर्म कीर्ते गर्ने कार्यमा संलग्‍न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा काठमाडौं सोल्टिमोड बस्‍ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्‍ने लम्जुङ बेसीसहर गाउँपालिका-११ घर भएका ४० वर्षीय नविन कुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर बताउने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन्। 

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्व्रस्थित राहदानी विभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको कीर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्‍ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्‍न उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट नगद ४० हजार रुपैयाँ, १ थान कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रिन्टर र ५० थान कीर्ते गरिएका कागजपत्र समेत प्रहरीले बरामद गरेको छ। 

उनीहरु उपर कीर्ते गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

प्रकाशित: Feb 05, 2022| 23:40 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।