शनिबार, मंसिर १३, २०८२

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन्।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

लमजुङ- लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन्।

National life

प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ। गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ।  कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ। गत वर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको थियो। 

त्यस्तै विसं २०७६ मा नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो भने विसं २०७५ मा पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ। यस वर्ष जिल्लामा प्रतिकिलोग्राम महको मूल्य रु ८५० देखि ९०० सम्म रहेपनि किसानले रु एक हजारसम्ममा बिक्री गरेका छन्। महको बिक्रीबाट यस वर्ष रु एक करोड ३६ लाख आम्दानी गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिए।

उनका अनुसार जिल्लामा उत्पादन गरिएको मह काठमाडौं, पोखरा, चितवनलगायत र  जिल्लाभित्रकै सहरबजारमा समेत राम्रो खपत हुँदै आएको छ। बेँसीसहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले गत वर्ष ९६ क्विन्टल मह उत्पादन गर्नुभएको थियो। तर यस वर्ष असोज महिनामा बढी वर्षा भएका कारण जम्मा पौने ६ क्विन्टल मह उत्पादन भएको कृषक गुरुङको भनाइ छ। उनले भने, 'मैले गत जेठमा २१५ वटा मौरीसहितको घार बिक्री गरे। यतिका मह १४१ वटा मौरीको घारबाट उत्पादन गरेका हुँ।' यस वर्ष वर्षाले मेरो मात्र होइन, तुलानात्मक रुपमा अधिकांश कृषकको मह उत्पादन घटेको उनको भनाइ छ। 

नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङका उपाध्यक्ष  तथा सुन्दरबजार नगरपालिका–११ का दुव्र दुराले पनि सोचेकोभन्दा कम मह उत्पादन गरेका छन्। उनले भने, 'गत वर्ष ४५ वटा मौरीका घारबाट डेढ क्विन्टल मह उत्पादन गरेका थिए, यस वर्ष त झन मौरी घार थपेर ९० वटाबाट गत वर्षभन्दा दोब्बर उत्पादन होला भनेको थिए तर डेढ क्विन्टल मात्र उत्पादन भयो।' जिल्लाका कृषकहरुले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन गर्न थालेका छन्। 

Laxmi sunrise bank
kumari

नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँसीसहर नगरपालिका तथा मर्स्याङ्दी गाउँपालिका रहेका छन्। शाखामा दर्ता भएका ३८२ जनाभन्दा बढी मौरीपालक किसान छन्। मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीसहर र सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहहरुले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहितको मौरी घारलगायत विभिन्न उपकरणहरु वितरण गरेको थियो। जिल्लाको मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका–४, ५ र ६, सुन्दरबजार नगरपालिका–५ र  बेँसीसहर नगरपालिका–२ लाई मौरी पकेट क्षेत्रका रुपमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

जिल्लामा पचास प्रतिशत अनुदानमा गोलासहितका ५०० र खाली घार एक हजार २०० वटा किसानलाई वितरण गर्नुका साथै मौरीजन्य उपकरणसमेत वितरण गरिएको केन्द्रले जनाएको छ। 

प्रकाशित: Feb 05, 2022| 22:20 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।