बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेविसंघमा पौडेल पक्षले गर्‍यो विधान अधिवेशनको उद्घाटन

नेविसंघमा पौडेल पक्षले गर्‍यो विधान अधिवेशनको उद्घाटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- लामो समयदेखि संस्थापन पक्षको अध्यक्ष नैन सिंह महरसँग असहमती राख्दै आएका पौडेल पक्षका विद्यार्थी नेताहरुले महाधिवेशनको घोषणा गरी नेपाल विद्यार्थी संघको उपाध्यक्ष नविन राईको नेतृत्वमा नेविसंघको विधान माथि छलफल कार्यक्रम शुरुवात गरेको छ। 

बिहीबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा बृहत विद्यार्थी भेलाकाबीच एक औपचारिक कार्यक्रमका साथ विधान अधिवेशनको उद्घाटन भएको हो। 

उक्त कार्यक्रममा बोल्दै संयोजक नविन राईले अधिवेशनको विकल्प नरहेको कुरा प्रस्ट्याउँदै अध्यक्ष नैन सिंह महर संगठन चलयामान भएको हेर्न नचाहने व्यक्ति भएको आरोप लगाए। साथै उनले भने, 'अध्यक्षज्यू जिम्मेवारीबाट पन्छिन खोजे पनि म पन्छिन मिल्दैन।' 

त्यसैगरी देशभर छरिएर रहेका विद्यार्थीहरुलाई विधानमा गर्नुपर्ने सुधारको लागि सुझावको आह्वान पनि उक्त कार्यक्रम मार्फत गरेका छन्। 

उक्त भेलामा पौडेल र सिटौला पक्षका अधिकांश वर्तमान पदाधिकारीहरु प्रकाश राना, कुन्दनराज काफ्ले, राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी, शिव रिमाल र पूर्व ने.वि.संघ केन्द्रिय सदस्यहरु दिपक भट्टराई, हिमालदत्त श्रेष्ठ, बलदेव तिमिल्सीनासमेतको उपस्थिति रहेको थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।